Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

सिके राउतलाई प्रदीप यादवको काउन्टर : भ्रमको खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

spot_img

वीरगंज । जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य प्रदीप यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का मतदातालाई प्रभावित पार्न मधेस सरकार बारे भ्रम छर्न सुरु गरेको बताएका छन् ।पुर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले उपनिर्वाचनपछि मधेस प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने बारे गठबन्धनभित्र कुनै छलफल वा सहमति नभएको बताएका छन् ।

जनमतका अध्यक्ष राउतले शनिबार सामाजिक सन्जाल फेसबुकमा उपनिर्वाचन लगत्तै मधेसको मुख्यमन्त्री जनमत पार्टीको हुने भन्दै पोष्ट गरेपछि त्यसको प्रतिवाद गर्दै जसपा नेता यादवले बरु उपनिर्वाचनपछि मधेस सरकारबाट जनमत पार्टीकै बहिर्गमन हुने सम्भावना रहेको बताएका छन् । सामाजिक सन्जालबाटै सिके राउतलाई जवाफ दिदै जसपा नेता यादवले लेखेका छन् , सिके राउतजी भ्रमको खेती गर्न कहिले बन्द गर्नुहुन्छ? उपनिर्वाचन पश्चात मधेसमा मुख्यमन्त्री परिवर्तन हुने जस्तो हावादारी गफ गरेर तपाईंले मतदातालाई प्रभावित गर्न सक्नु हुन्न । मलाई लाग्छ तपाईँको पार्टीले उठाएको उम्मेदवारको हार निश्चित देखेपछि तपाईँले हिम्मत हारेको पुष्टि हुन्छ ।

पुर्वमन्त्री यादवले गठबन्धनका दलहरु जसपा, कांग्रेस, माओवादी, लोसपा र नेकपा (एस) सबै इमान्दार रहेको भन्दै गठबन्धनभित्रै रहेर जनमत पार्टीले भने धोखा दिदै गद्दारी गरेको बताएका छन् । पाँच दलिय गठबन्धनमा मधेसको मुख्यमन्त्री हालै परिवर्तन गर्ने कुनै सहमति नै नभएको भन्दै यादवले राउतलाई प्रश्न गर्दै सोधेका छन्, सिके जी खै तपाईँले कुन सहमतिको कुरा गर्दै हुनुहुन्छ ? बरु उपनिर्वाचनपछि मधेस सरकारमा तपाईँको पार्टी टिक्छ की टिक्दैन भन्ने समयले बताउने छ । उपनिर्वाचनपछि पनि मधेसमा जसपाकै मुख्यमन्त्री कायम रहने यादवले बताएका छन् ।यादवले भनेका छन्, बाँकी वैशाख १० गतेपछि जनताको अभिमतले दुधको दुध र पानीको पानी हुने नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once