Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन उपेन्द्र यादवकाे आग्रह

spot_img

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् । बिहिबार बाराको करैयामाई गाउँपालिकामा आयोजित जनता दर्शन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका हुन् ।

यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे । उनले भने, ‘जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई ।’ परिवर्तनकारी शक्तिहरुको कठोर संघर्ष तथा मधेस विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए ।

संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने, ‘प्राप्त उपलब्धिहरुको रक्षा गर्न तथा बाँकी अधिकारहरुको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुठा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्वहरुको पहिचान गरौं ।’

देश र मधेशका लागि कसले के गरे ? कतिको संघर्ष गरे? कसको कति योगदान छ? कसको संघर्षले के परिवर्तन आएको हो? यसको लेखाजोखा न्यायप्रेमी जशशनताले गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिकालागि के गरेका छन् ? जनताले के पाएको हो ? हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ ?’।

घरदैलो कार्यक्रममा संघीय सांसद प्रदिप यादव, अजय चौरसिया, प्रदेश सांसद श्यामबाबु पटेल, जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता, रामकिशोर यादव, नेपाली काग्रेस बाराका सभापती राजेशराय यादव, करैयामाई गाउँपालिका पूर्व अध्यक्ष एवं नेपाली काग्रेस नेता भुनेश्वर धामी, महिला नेतृ चित्रलेखा चौधरी, जसपाका नेता जोगिन्द्र पंडित, पारस जैसवाल, सुरेन्द्र साह लगायत ५ दलिय गठबन्धनका स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once