Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

उपेन्द्र यादवलाई बाहिरिया भन्नु कुतर्क : जितेन्द्र सोनल

spot_img

वीरगंज । लोसपाका नेता जितेन्द्र सोनलले बारा-२ को विकास, मधेशको एजेण्डालाई स्थापित गर्न र राजनीतिक स्थायित्व दिन उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले जिताएर संसद्मा पठाउनु पर्ने बताएका छन् ।

बारा-२ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका यादवलाई जिताउन लोसपाका तर्फबाट केन्द्रिय प्रतिनिधीका रुपमा खटाइएका पूर्वमन्त्रीसमेत रहेका सोनलले राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल जसपा अध्यक्ष यादवले जिते बारा-२ को विकास र समृद्धि निश्चित रहेको बताए । यससँगै मधेशको एजेण्डा स्थापित हुने र मुलुकको राजनीतिले स्थायित्व पनि पाउने सोनलको तर्क छ ।

बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै सोनलले भने, ‘यदि बारा-२ मा विकास र समृद्धि चाहने हो भने त्यसका लागि श्रोतसाधन चाहिन्छ, श्रोत र साधन सरकारसँग छ, सरकारमा पाँच दलीय गठबन्धन छ, त्यसका कारण पनि गठबन्धनका साझा उम्मेदवार उपेन्द्र जीलाई जिताउनु नै पर्छ ।’

बारा-२ मा यादवलाई जिताउन आफनो पार्टीबाट सर्कुरल नै जारी भइसकेको भन्दै सोनलले बारा-२ को उपनिर्वाचनको परिणाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमै आउने दाबी पनि गरे ।

बारा-२ का लागि उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने विपक्षीको आरोपको खण्डन गर्दै सोनलले भने, ‘उपेन्द्र यादव यहि देशका नागरिक हुन्, मधेशी नै हुन् त्यसका कारण बाहिरियाको नारा चलाउनेहरुले कुतर्क गरिरहेका छन् र यो कुरा बाराका जनताले राम्ररी बुझिसकेका छन् ।’

मुलुक विगत ५/६ वर्ष देखि गठबन्धनको राजनीतिमा चलिरहेको बताउँदै सोनलले मुलुकमा स्थायी सरकारका लागि पनि गठबनधनको राजनीतिक आवश्यक भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once