Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

बारा २ मा उपेन्द्रलाई जिताउन कांग्रेसले ताेक्याे अजयलाई कमान्डर

spot_img

वीरगंज । बैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ मा सत्तागठबन्धनबाट जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर २ का सांसद अजयकुमार चौरसियालाई पार्टीका तर्फबाट चुनावी कमान्डर तोकेको छ ।

कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा–२ मा गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई जिताउन पूर्व राज्यमन्त्री एंव कांग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियालाई चुनावी कमाण्डर तोकेका हुन् ।

‘बारा–२ मा गठबन्धन दलका उम्मेदवार जसपाका उपेन्द्र यादवलाई विजयी बनाउने गहन दायित्वलाई हृदयंगम गर्दै तपाईलाई बारा जिल्लाको विशेस जिम्मेवारी दिइएको छ,’ सभापति देउवाले जारी गरेको पत्रमा उल्लेख छ ।

चौरसियाले बारा २ को उपनिर्वाचनलाई परिणाममुखी बनाउन कांग्रेस केन्द्रसँग समन्वयमा रही बारा जिल्लाका सबै तहका पार्टी संगठनिक संरचनाहरुलाई व्यापक रुपमा परिचान गर्दै आवस्यक पर्ने रणनीतिक तथा व्य्वास्थाप्किया निर्णयसमेत गर्ने गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्ने देउवाको विश्वास छ ।

बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई जसपाले उपराष्ट्रपति बनाएपछि खाली भएको उक्त क्षेत्रबाट अध्यक्ष यादव आफै उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once