Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

बारा २ मा मेराे जित सुनिश्चित छ : उपेन्द्र यादव

spot_img

वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले आइतवार देवताल गाउँपालिकाको बिभिन्न वडा तथा टोलहरुमा चुनावी कार्यक्रम तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । ५ दलिय गठबन्धनका उम्मेदवर यादवले बारा क्षेत्र नं. २ बाट आफ्नो जित सुनिश्चित रहेको दावी गरेका हुन् ।

बाराको देवताल गाउँपालिका अन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, कटहरिया, झिटकैया लगायतका टोलहरुमा सम्पन्न भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले घरदैलो कार्यक्रममा जनताको उत्साह जनक सहभागीता देखेर आफुपनि उत्साहित भएको बताए । उनले अहिलेको मुल आवश्यकता बिकास, समृद्धि तथा संघीय लोकतन्त्रको रक्षा गर्नु रहेको कुरामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका नेताहरुले प्रजातन्त्रमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार रहेको भएपनि बहुरुपियाहरुलाई बाराका जनताले पहिचान गरी सकेको कारण मधेश र मधेशीलाई अन्तराष्ट्रिय स्तरमै पहिचान दिलाउँन सफल रहेका नेता उपेन्द्र यादवलाई बाराका जनताले जिताएर प्रतिनिधि सभामा पठाउँने बताए । कार्यक्रमलाई सम्बोधन गर्ने गठबन्धनका नेताहरु उपेन्द्र यादवको जितसँगै बारा क्षेत्र नं. २ मा बिकासको मुल फुटने वताए ।

कार्यक्रममा जसपाका नेता प्रदिप यादव, रामबाबु यादव, रामकिशोर यादव, लालबाबु राउत, रोशन यादव, आत्माराम साह, रामाकान्त यादव, अरुण सिंह लगायत गठबन्धन दलका स्थानिय तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once