Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

जिल्ला न्यायाधीशसहितको टोलीद्वारा बिन्दबासिनी गाउँपालिकाकाे अनुगमन

spot_img

वीरगंज । पर्सा जिल्ला अदालतको न्यायाधीशसहितको एक टोलीले बिन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ । जिल्ला न्यायाधीश कृष्णा प्रसाद पौडेल, रजिष्टार अरुण कुमार कोइराला, शाखा अधिकृत जमुना धितालसहितको टोलीले शनिबार गाउँपालिकामा पुगेर न्यायिक समितिको काम कारबाहीको अनुगमन गरेको हो ।

टाेलीले गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाको संयोजकत्वमा रहेको न्यायिक समितिले गरेका प्रक्रियागत कुराको अनुगमन गरेकाे जनाइएकाे छ । न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेकोबारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिएको बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए ।

अनुगमन कै क्रममा गाउँपालिका अध्यक्ष तिवारीले न्यायाधीशसहितको टोलीलाई गाउँपालिका अन्तर्गत पर्ने ढंगहि नदीको भु- माफियाले कब्जा गरी बल नदीको मुहान परिवर्तन गरेको दृश्य परिवर्तन गरेको स्थल मै लगी अनुगमन गराएका थिए । अनुगमनपछि टोलीले बिन्दबासिनी गाउँपालिकाका न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएको थियो ।

बिन्दबासिनी गाउँपालिकाको वडा वडामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेको न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएको छ ।

बिन्दबासिनीमा चालू आर्थिक वर्षमा न्यायिक समिति र मेलमिलाप केन्द्रमा आएका मुद्दाको ८० प्रतिशत बढी फैसला भइसकेको गाउँपालिका जनाएको छ । साथै पालिकाले पनि आफ्नो सम्पूर्ण कामकाज समय समयमा गर्दै आएको हुनाले पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई धन्यवाद समेत दिएको गाउँपालिकाका प्रेस सल्लाहकार संजिव मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once