Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

वीरगंजबाट शुभारम्भ हुने हरवाचरवा अधिकार यात्राकाे तयारी पुरा

spot_img

वीरगंज । मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने नाराकासाथ हुन लागेकाे विरगंजबाट जनकपुरसम्मको हरवाचरवा अधिकार यात्राकाे सम्पूर्ण तयारी पुरा भएकाे छ ।

आयाेजक संस्था राष्ट्रिय हरवाचरवा अधिकार मंचले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै शनिबारदेखि सुरु हुने हरवाचरवा अधिकार यात्राकाे सम्पूर्ण तयारी पुरा भएकाे जानकारी गराएकाे हाे ।

नेपाली समाजमा विद्यमान दासप्रथाको एक मात्र अवशेषका रुपमा रहेको हरवाचरवा प्रथा मुक्ति घोषणा भएको ९ महिना वितिसक्दा समेत पुनर्स्थापना गर्न कुनै काम नभएको र स्वयं मुक्त हरवाचरवालाई मुक्तिको सन्देश मार्फत पुनःस्थापनाको लागि सम्बन्धित सरोकार वालाहरुको ध्यानाकर्षणका लागि यात्राकाे आयाेजना गरिएकाे राष्ट्रिय हरवाचरवा अधिकार मंचका उपाध्यक्ष श्रीप्रसाद सादाले वताए ।

वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय अगाडी रहेकाे राताेबंगलाबाट शनिबार विहान ९ बजे निस्कने अधिकार यात्राकाे उद्घाट वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्ने कार्यक्रम रहेकाे आरडिएनका मिडिया फाेकल पर्सन बृजलाल पासवाले वताए ।

शनिबार विहान वीरगंजबाट निस्कने यात्रा शनिबार विहान नै बहुदरमाई नगरपालिकामा १०:३० बजे पुगि काेण सभामा परिणत हुने छ । त्यस पछि अधिकार यात्रा शनिबार दिउसाे १ बजे बाराकाे जितपुरमा पुगि काेणा सभा गर्ने र त्यँही खाना खाएर कलैयामा पुगी शनिबार राति बास बस्ने छ ।

त्यसपछि आइतबार विहान पुन: कलैयाबाट निस्कने यात्रा बारा कै करैयामाई, काेल्भी हुँदै बलचनपुर पुग्ने छ । त्यहाँबाट निस्कने यात्रा गरुडा, गाैर, मलंगवा, ब्रहमपुरी, जलेश्वर हुँदै चैत २८ गते दिउसाे २ बजे जनकपुरमा पुगि सम्पन्न हुने छ ।

वीरगंजस्थित राणिसती धर्मशालामा भएकाे पत्रकार सम्मेलनमा राष्ट्रिय दलित नेटवर्कका काेषाध्यक्ष जंगबहादुर सुनार, कार्यकारी निर्देशक हुकुम सारकी, जनवकालत अधिकृत रुपनारायण पासवान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी राजविराजबाट पनि शनिबार नै अधिकार यात्रा निस्कने छ । जुन यात्रा पनि चैत २८ नै जनकपुरमा पुगेर सम्पन्न हुनै छ । वीरगंज र राजविराजबाट एक साथ निस्कने यात्रामा १० हजार दलित समुदायका व्यक्तिहरु सहभागि हुने आयाेजकले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once