Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

समाचारस्थानिय वीरगंज महानरको प्रयासमा गुठी संस्थानको ९ विघा १३ कट्ठा जग्गाको सीमांकन छुट्याइयो

spot_img

वीरगंज । वीरगंज आसपासमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा खोज्ने अभियान आज पनि जारी रहेको छ ।
बुधबारदेखि सुरु भएको अभियान बिहीबार दोस्रो दिन पनि जारी रहेको हो । अभियान अन्तर्गत बिहीबार ९ विघा १३ कट्टा अतिक्रमणमा परेको जग्गा नापजाँच गरेर छुट्याइएको छ ।

वीरगंज महानगरपालिकासंगै जोडिएको पर्सागढी नगरपालिका वडा नम्वर ४ भेडाहा टोलमा ९ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर सीमांकन गरिएको गुठी संस्थान कार्यालय पर्साका प्रमुख चुडामणी घिमिरेले जानकारी दिए । टोलीले बुधबार ११ विघा १३ कट्ठा नापजाँच गरेर सीमांकन गरेको थियो ।

बिहीबार सीमांकन गरिएको जग्गामा एउटा बस्ती नै बसेको छ । यहाँ झण्डै २ सय भन्दा बढी घर टहरा रहेको भेटिएको छ ।
जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगञ्ज महानगरपालिकाले प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।

महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको बेला गुठी संस्थानले पनि आफ्नो जग्गा खोजी गरिदिन आग्रह गरेपछि महानगरले वीरगंज र यस आसपास रहेका गुठीका जग्गा खोजी गरी सीमांकन गर्न सहयोग गरेको हो ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गरे ।

गुठीको जग्गा खोज्न संस्थानको पर्सा प्रमुख चुडामणी घिमिरे आफै फिल्डमा खटिएर नापजाँच गराइरहेका छन् । उनकै नेतृत्वमा गएको टोलीले २ दिनमा २१ विघा ६ कट्ठा जग्गामा सीमांकन सकेको हो । जग्गा खोज्ने अभियान निरन्तर जारी रहने प्रमुख घिमिरेले बताए ।

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसँग महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once