Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

मधेशमा सबै भन्दा बढी काम एमाले सरकारमा भएकाे छ : ओली

spot_img

वीरगंज । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई-मधेशमा विकासको लहर ल्याउनुमा सबैभन्दा ठूलो योगदान एमालेको रहेको बताएका छन् ।

वीरगंजमा बुधबार अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले आयोजना गरेको प्रथम महाधिवेशनको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले तराई-मधेशमा भएका ठूलो विकास निर्माणका काममध्ये अधिकतम एमाले नेतृत्व सरकारको पालामा भएको दावी गरे ।

यसअघि एमाले नेतृत्व सरकारको साढे तिन वर्षको कार्यालयमा तराई-मधेशलाई जोड्ने बहुप्रतिक्षित र राष्ट्रिय गौरबको योजना हुलाकी राजमार्ग निर्माण, मदन भण्डारी लोकमार्ग, प्रत्येक स्थानीय तहमा स्वास्थ्य संस्थाको सथापना जस्ता महत्वपूर्ण काम भएको बताए ।

उनले मधेश प्रदेशमा एमालेलाई निषेधित गर्ने नारा चलिरहँदा आफ्नो नेतृत्वको सरकारले प्रदेशमा १ लाख २२ हजार हेक्टर जग्गा सिंचित गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको बताए । एमाले नेतृत्वकै सरकारले ल्याएको ‘जनता आवास’ कार्यक्रमका कारण हजारौं दलित तथा गरिवहरुले आज पक्की घर पाएको उनले जिकिर गरे ।

वीरगञ्ज र जनकपुर जस्ता मधेशका ठूला र महत्वपूर्ण शहरमा ४ र ६ लेनको कालोपत्रे सडक पनि आफू प्रधानमन्त्री रहेको बेलानै निर्माण गरिएको बताए । उनले भने, ‘एमाले नेतृत्वको सरकार हुँदा जनातामा यो देशमा सरकार छ भन्ने अनुभूती थियो, तर अहिले त जनताले सरकार नै नभएको अनुभूती गरिरहेका छन् ।’

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठले हामीले सबै जातजातिलाई समेटेर जानुपर्ने बताए । उनले नेकपा एमालेको जनाधार हाम्रो पेशा वर्ग मात्रै होइन, यहाँ बस्ने सबै जातजाति जनाधारभित्र पर्छ, त्यसैले हामीले सबैलाई समेटेर हिँड्नुपर्छ भन्दै नेता महासेठले नयाँ नेतृत्व चयन गर्दा सबै दृष्टिकोणले बुझेर मात्रै नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए ।

नेपाल पिछडावर्ग (ओ.बि.सि.) महासंघका अध्यक्ष ततेजप्रकाश निषादको सभापतित्वमा भएकाे उद्घाटन समारोहमा पूर्वमन्त्री एवम् एमालेकी नेतृ ज्वाला साह, पार्टीका संगठन विभाग प्रमुख भानुभक्त ढकाल, सचिव रचना खड्का, पार्टीका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रभु हाजरा, केन्द्रिय सदस्य अरविन्द सिंह, नेता जय पक्राश थारु, जालिम मियाँ, एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्माल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once