Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

अनलाइन ठगी कारोबारमा संलग्न २३ पक्राउ

spot_img

महेन्द्रनगर (धनुषा) । अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आज साँझ जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउस नजिकैबाट पक्राउ गरेको हो ।

पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । गौतमका अनुसार उनीहरूले विभिन्न एपमार्फत हनिट्र्याप जस्तो धन्दा गर्दै आएका थिए । पक्राउ पर्नेमा १४ पुरुष र नौ महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको गौतमले बताउनुभयो । पर्सा पकहा मोहनपुर–५ का सत्यानन्द रामले यो गिरोहको नेतृत्व गर्दै आइरहेका थिए । धनुषाको सबैला घर भई जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको प्रहरीले बताएको छ ।

यो गिरोहमा २० देखि ३० वर्ष उमेर समूहका युवायुवती रहेका छन् । आधाभन्दा बढी युवतीले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्बिर आदानप्रदानमार्फत नग्न फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको धनुषा प्रहरीले जानकारी दिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once