Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

जगरनाथपुरकाे ८ औं गाउँ सभा सम्पन्न

spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ८ औं गाउँ सभा सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न गाउँ सभाले आर्थिक बर्ष २०७९/०८० काे लागि केही याेजनाहरु संशाेधन गरेकाे हाे ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे गाउँ सभाले केही याेजनाहरु संशाेधन गर्नुकाे साथै केही ऐन समेत सर्वसहमत  पारित गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

गाउँ सभालाई सम्बाेधन गर्दै ‍गाउँपालिका अध्यक्ष यादवले अव विकास निर्माणकाे कामलाई गति दिनु पर्ने वताए । उनले चालु आर्थिक मसान्त सक्न अब मात्र ३ महिना मात्र बाकी रहेकाेले आ आफ्नाे ठाउँबाट विकास निर्माणकाे काममा जुटन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरे ।

गाउँ सभामा उपाध्यक्ष बबिता सिंह, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली कुशवाहा, सुबाष यादव, प्रभु नाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद पटेल लगायतका गाउँ सभा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once