वीरगञ्ज हेल्थ केयरका संचालक डाक्टर अंसारी प्रवल जन सेवा श्री पदक बाट समानित

spot_img

वीरगञ्ज, ३ असोज

संविधान दिवसको अवसरमा पर्साका विभिन्न व्यक्तिहरु विभिन्न पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवस अर्थात असोज ३ गतेका दिन विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभिन्न क्षेत्रबाट समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई विभूषित गरेकी हुन् । वीरगञ्जका स्वतन्त्रता सेनानी स्व। मेघराज उपाध्यायलाई प्रसिद्ध प्रबल जनसेवा श्री र व्यवसायी मुरलीधर रुंगटालाई सुप्रबल जनसेवा श्रीबाट विभूषित गरिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध कुमार गुप्ता, वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डाक्टर अबुल हैस अन्सारी, उद्योगीहरु अशोक कुमार वैद्य, दिपेन्द्र कुमार कलवारलाई प्रबल जनसेवा श्री बाट विभूषित गरिएको गृह मन्त्रालयले गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ । नारायणी अस्पतालकी नसिंङ् निरीक्षक हेमा थापा पनि जनसेवा श्री विभुषणबाट विभुषित भएकी छिन् । बैशाख १ गते नयाँ वर्षका अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले उक्त सम्मान प्रदान गर्ने छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once