हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर मिस्त्रीकाे मृत्यु

spot_img

वीरगंज । हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर मिस्त्रीकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ राधेमाईस्थित फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नं. .६ लखनपुर बस्ने बर्ष २७ को ईसराईल मियाँ (मिस्त्री) काे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

आइतबार विहान ०७:०० बजेको समयमा मिस्त्रीलाई करेन्ट लागी गम्भिर घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि तराई हस्पिटल वीरगंज पठाइएको थियाे ।

घाईते मिस्त्रीकाे मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतककाे घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once