स्थानीय सरकारले किन शिक्षामा लगानी गर्ने ?

spot_img

लेखक :- शंकर महतो

बालबालिकाहरू अहिले आफ्नो स्वार्थ पूरा गरिदिनु पर्‍यो भन्दै तपाईंहरूको ढोकामा आउँदैनन् । तपाईंको समर्थन वा विरोधमा नारा लाउँदैनन् । कतै ‘सोर्स’ लाइदिनु पर्‍यो भन्दै तपाईंलाई पछ्याउँदैनन् । त्यसैले यी बालबालिकाहरू तपाईंहरूको नजरबाट ओझेल पर्न सक्छन् । श्री पालिका प्रमुख ज्यूहरू, नागरिकले तपाईंहरूलाई पाँच वर्षका लागि आफ्नो भबिष्य जिम्मा दिएर पठाएका छन् ।

तपाईंहरू स्थानीय निर्वाचनमा उठ्नुको विविध कारण थिए होलान्, नाम/दाम कमाउन, पूर्खाको विरासत थाम्न,आफ्नो दलको उदेश्य पुरा गर्न, आफ्नै दलले टिकट नदिएपछि बागीको रूपमा, सत्ता र शक्तिको केन्द्रमा बस्न, इमानदार भएर काम गर्न, अरूसँगको विरक्ति र असन्तुष्टि पोख्न, आदि । कति अदृश्य कारणहरू पनि होलान् । जनताले तपाईंहरूलाई मत दिनुका कारण पनि विविध होलान्,- व्यक्ति वा विचार मन परेर, तपाईंहरूले पहिले गरेको काम देखेर, प्रचार शैलीबाट प्रभावित भएर, तपाईंहरूसँग कुनै लाभ लिएकाले, पार्टी मनपरेर आदि।

यसमा पनि कति बाहिर भन्नै नमिल्ने कारणहरू पनि हुन सक्छन्। मानिसहरूलाई पक्कै पनि केही न केही गुन लाउनुभएको होला। मानिसहरूलाई सुन्दर भविष्यको सपना देखाउनुभएको होला । त्यसमा विश्वस्त भएर त होला उनीहरूले तपाईंहरूलाई अरू उम्मेदवारभन्दा धेरै मत दिएको । तपाईंहरूको मन भित्र पनि कतै न कतै त होला- पाँच वर्ष गज्जब काम गर्न सकौं । आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन सकौं । उत्कृष्ट बनाउन धेरै घोत्लिनु पर्ने छैन । तीन कुरामा ध्यान केन्द्रित गर्दा नै पुग्छ ।

१. समयको मागमा आधारित शिक्षा

२.रोग लाग्न बाट बचाउन र बिरामीका लागि सर्व सुलभ उपचार गराउने ब्यवस्था ( स्वास्थ )

३.आर्थिक आत्मनिर्भताका लागि आधुनिक कृषि, उद्योग, बजार तथा व्यापक रोजगार सिर्जनाहुने सिर्जनात्मक गतिविधि र आवश्यक पुर्वाधार निर्माण ।

यी सवैको मेरुदण्ड शिक्षा भएकाले मुख्य ध्यान यसैमा केन्द्रित कामले आफ्नो ठाउँ लाई उत्कृष्ट बनाउन मद्दत गर्नेछ । औपचारिक शिक्षाको दुई भाग हुन्छ। एक बाल कलास देखि कक्षा १२ सम्मको अर्को उच्च शिक्षा, उच्च शिक्षा बिश्वबिद्धालयहरु संगको सहकार्य मा आवश्यक्ता र सामथ्र्य अनुसारको स्थानीयलाई सुबिधा प्रदान गर्न सकिन्छ । दुई मध्य प्रमुख र स्थानीय सरकारको अधिकार क्षेत्र भित्रको माध्यमिक शिक्षानै सर्वाङ्गीण बिकासको आधारशिला हो। वर्षमा दुई सयभन्दा बढी दिन बालबालिकाहरू विद्यालयमा हुन्छन् । विद्यालयको सिकाइले उनीहरूको भविष्य निर्धारण गर्छ । त्यही विद्यालय शिक्षाको नेतृत्व, सञ्चालन र व्यवस्थापन गर्ने स्थानमा तपाईंहरू हुनुहुन्छ।

विद्यालयका बालबालिकाहरू अहिलेका मतदाता होइनन् । अर्को पाँच वर्षमा तपाईंहरूको क्षेत्रमा केही हजार बालबालिकाहरूले मत हाल्न पाउलान् । यी बालबालिकाहरू अहिले आफ्नो स्वार्थ पूरा गरिदिनु पर्‍यो भन्दै तपाईंहरूको ढोकामा आउँदैनन् । तपाईंको समर्थन वा विरोधमा नारा लाउँदैनन् । कतै ‘सोर्स’ लाइदिनु पर्‍यो भन्दै तपाईंलाई पछ्याउँदैनन् । त्यसैले यी बालबालिकाहरू तपाईंहरूको नजरबाट ओझेल पर्न सक्छन् ।

ठूला मान्छेहरूको काममा नै तपाईंको समय बित्न सक्छ । अरूले सहजै देख्ने भौतिक पूर्वाधारको विकासमा मात्र तपाईंको ध्यान पुग्न सक्छ । तर आज हामीले बेवास्ता गर्ने यिनै बालबालिकाहरूले भोलिको समाज बनाउने हुन् । विद्यालयबाट बालबालिकाको सिकाइ उच्च भयो भने उनीहरूले समग्र समाजको उच्च भविष्य बनाउने छन् । हामीले देखेका छौं- एक राम्रो नेताको लक्षण भनेको आजका आकस्मिक आवश्यकता पूरा गर्दै सुन्दर भविष्यको पूर्वाधार अहिलेदेखि नै तयार गर्नु पनि हो । आजको विद्यालय बनाउनु र बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु भनेको केही वर्षपछिको समृद्ध समाज पनि बनाउनु हो ।

आजको विद्यालय जस्तो भयो भोलिको सरकार, सदन, सडक र समाज उस्तै हुनेछ । आफ्नो कार्यक्षेत्रको विद्यालयहरूलाई उत्कृष्ट बनाउनु भयो भने तपाईंलाई आशीर्वाद र समर्थन हजारौं विद्यार्थी, अभिभावक र शिक्षाको महत्व बुझ्ने हरेक नागरिकले दिनेछन् । आफ्नो पालिका बाहिर पनि तपाईंहरूको चर्चा हुनेछ । तपाईंहरूको अभ्यासबाट अरूले सिक्नेछन् । अबको पाँच वर्षमा पनि सार्वजनिक शिक्षामा रूपान्तरणको उदाहरण आमआदमी पार्टीले भारतको नयाँ दिल्लीमा गरेको उदाहरणबाट मात्र होइन, आफ्नै पालिकाहरूमा हेर्न पाइयोस् । केही नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन्।

यसको लागि नेपालमा भइरहेका अभ्यास र केही अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न सकिन्छ । केही विद्यमान संरचनालाई सुदृढ बनाएर र केही संरचना थपेर राम्रो गर्न सकिन्छ। माध्यमिक शिक्षा सुधारको लागि बिना कुनै प्रभावमा परि शिक्षा र वर्तमानको शिक्षा प्रणाली बुझेको शैक्षिक अभियन्ता अध्यक्ष र कृयाशिल प्रधानाध्यापकको टिम सहकार्यमा नेपालको शिक्षा अभियानिहरुले भन्दै आएको नैतिकवान, राष्ट्रप्रेमि, बिश्वब्यापी प्रतिस्पर्धामा उत्रनसक्ने उद्धमशिल नागरिक उत्पादन गर्ने सबल बिधालय बनाउन सकिन्छ । सफल नेतृत्वले हाम्रो भन्दा राम्रो लाई प्राथमिकता दिएर सफल भएको मात्र उदाहरण पाइन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once