काठमाडौं,२३ भदौ । काठमाडौंको भुरुङखेलस्थित एक घरमा लुकाइछिपाइ पटका भण्डारण गरी बिक्रीवितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काभ्रेका सुजन कपालीलाई उनको डेरामा विभिन्न प्रकारका पटका भण्डारण गरी राखेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले सोमबार साँझ करिब ५ बजे उनको डेरामा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा कपालीको कोठाबाट विभिन्न नाम र प्रकारका ५२ किसिमका पटका बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटकामा सामान्य झिरझिरे तथा चक्करदेखि रकेट, बम, गन र कोब्रा नामका पटाकासम्म रहेका छन् ।
प्रहरीले बरामद गरेको पटाकामध्ये कोब्रा पटका ३ हजार १६६ प्याकेट, गन पटका १ हजार वटा, ठूलो चक्कर पटका ९६३ वटा, इन्डिगो चक्कर पटका ८६० वटा, गमला पटका ८०० वटा, लियोपार्ड किङ पटका ७०० वटा तथा सुप्रिम क्यून पटका ६३४ वटा रहेका छन् ।
त्यस्तै ट्रिटोन इलेक्ट्रोनिक पटका ५२५ वटा, रकेट बम ४९० वटा, लियोपार्ड किङ पटका ४८० वटा, सुलती बम पटका १८५ वटा, सोली पटका १ हजार ५१२ वटा र इलेक्ट्रिक पटका ११५ वटासमेत बरामद भएको प्रहरीले जनाएको छ ।
यी हुन् बरामद गरिएका पटका
प्रहरीका अनुसार कपालीको कोठाबाट गोल्डेन स्ट्रबेरी १२ वटा, सुपर हिरो ७० वटा, स्कि ह्विस्टल १० प्याकेट, फेरारी १६ वटा, सफारी ४ वटा, मराजो ३ वटा, पेन्सिल ६ प्याकेट, झिरझिरे ९८ प्याकेट, गुरुजी ९० वटा, क्र्याक ज्याक ८७ वटा र ग्राउन्ड चक्कर ९३ प्याकेट बरामद भएका छन् ।
त्यस्तै नाइट ४ वटा, मौरीछाप जयमाला २७ वटा, पार्टी नाइट ९ वटा, सुप्रिम १५ वटा, जिलजिल २ प्याकेट, दिलदिल ३ प्याकेट, सेभेन सट्स १०० वटा, हाउसफुल ९ वटा, किटक्याट ३ वटा, सुपर हिट ३ वटा, जेली बीन ६ वटा, स्कि हाइ १ वटा र सफारी १ वटा बरामद भएको छ ।
प्रहरीले रेड स्पार्कलेअर्स झिरझिरे ६ प्याकेट, स्पिनर ५० वटा, रेंगिला ४० वटा, धेरै कलर बल्ने पटका ४ प्याकेट, स्टार्स ५ प्याकेट, हात्ती ९० वटा, बाहुबली १०० वटा, ठूलो गमला ३९ वटा, डिलक्स बुलेट १० वटा, स्काइ हाइ ६ वटा, ब्रिजा ३ वटा र इर्टिगा २ वटा पनि बरामद गरेको जनाएको छ ।
यसैगरी ठूलो स्पिनर १० प्याकेट, रेड टर्च २० वटा, रोल ५ प्याकेट, कोब्रा ३ हजार १६६ प्याकेट, ठूलो चक्कर ९६३ वटा, इन्डिगो चक्कर ८६० वटा र सुप्रिम क्यून ६३४ वटा बरामद भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले पटका कहाँबाट ल्याइएको थियो र कसरी भण्डारण तथा बिक्रीवितरण भइरहेको थियो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका कपालीमाथि प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ ।





