मन्त्री साहले सम्हाले उद्योग मन्त्रालय, ग्यास आपूर्तिलाई दिए पाहिलो प्राथमिकता

spot_img

काठमाडौं,२५ भदौ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै मन्त्री साहले मन्त्रालयका प्राथमिकता र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा आफूले आवश्यक पहल गर्ने बताएका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री साहले विशेषगरी ग्यास आपूर्तिको विषयमा आवश्यक छलफल गरेर जनताको मागअनुसार ग्यास उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले ग्यासको आपूर्तिमा समस्या आउन नदिन सम्बन्धित पक्षसँग छलफल गर्ने बताए । ‘ग्यासको विषयमा छलफल गर्छौं । जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ मन्त्री साहले भने ।

मन्त्री साहले आफू मन्त्रालयको जिम्मेवारीमा नयाँ भएकाले विगतमा मन्त्रालयबाट भएका कामकारबाही तथा निर्णयबारे बुझेर मात्र आगामी कदम अघि बढाउने बताए । विगतका कामको अवस्था र त्यसबाट प्राप्त अनुभवलाई अध्ययन गरेर अघि बढ्नु उपयुक्त हुने उनको भनाइ छ । ‘विगतमा के–के भयो भन्ने विषयमा बुझेर अगाडि बढ्दा राम्रो होला जस्तो लाग्छ,’ उनले भने ।

मन्त्री साहले आफू नेपाली जनताप्रति नतमस्तक रहेको बताउँदै आफ्नो जिम्मेवारी जनताको हितमा केन्द्रित हुने संकेत गरे । उनले आफूलाई मन्त्रालयको जिम्मेवारी दिने पार्टी सभापति तथा प्रधानमन्त्रीप्रति धन्यवादसमेत व्यक्त गरे । मन्त्री साहले ‘राष्ट्र पहिलो’ भन्ने नारालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले विगतका कामको अध्ययन गर्दै जनताको आवश्यकता र चासोलाई ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once