Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

१७ सांसदले मैथिलीमा शपथ ग्रहण गर्ने

spot_img

काठमाडौँ,११ चैत । नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले भोलि शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। संसद् सचिवालयले यसको तयारी गरिरहेको जनाएको छ।

प्रतिनिधि सभा सदस्यमध्ये ४७ जनाले नेपाली भाषाबाहेकको भाषामा शपथ लिनेछन्। यसमध्ये १७ जना सांसदले विशेषगरी मैथिली भाषामा शपथ लिनु पर्नेछ।

स्रोतका अनुसार नेकपाका मातृका यादव, रास्वपाका पुरुषोत्तम यादव, ई. दीपक साह, मनिष झा, तपेश्वर यादव र उज्वलकुमार झाललगायत सांसदहरूले मैथिली भाषामा शपथ लिने तयारी गरेका छन्।

यसैगरी शपथ ग्रहण कार्यक्रममा सांसदहरूले मातृभाषा वा रुचिअनुसारका अन्य भाषामा पनि शपथ लिन सक्ने व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once