Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
spot_img
21.5 C
Kathmandu

राजीनामा अस्वीकृतपछि सभापति गगन थापा पुनः सक्रिय, कांग्रेस केन्द्रीय समिति बैठकको नेतृत्व गर्ने

spot_img

काठमाडौं,०९ चैत । नेपाली कांग्रेस का सभापति गगन थापा मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएका छन्। आइतबार बसेको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गरेपछि उनी पुनः सक्रिय रूपमा बैठकमा सहभागी हुन लागेका हुन्।

केन्द्रीय सदस्य मधु आचार्यका अनुसार भोलिको बैठक थापाकै सभापतित्वमा बस्नेछ। “उहाँको राजीनामा बैठकले अस्वीकृत गरिसकेको छ, त्यसैले बैठक उहाँकै नेतृत्वमा अघि बढ्छ,” उनले भने।

आचार्यले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई एक पटकको चुनावी हार–जितसँग जोडेर मूल्यांकन गर्न नहुने बताए। उनले आगामी १५औँ महाधिवेशनसम्म पार्टीलाई अघि बढाउने जिम्मेवारी सभापति थापाकै काँधमा रहेको उल्लेख गरे।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

यसैबीच प्रतिनिधिसभा निर्वाचनको परिणामपछि असन्तुष्टि जनाउँदै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि अघि बढाएको छ। उक्त समूहले छुट्टै केन्द्रीय समिति बैठक राख्ने तयारी गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once