पराजयपछि एमालेको आत्मसमिक्षा, पोखरेल–पाण्डेबीच रणनीतिक छलफल

spot_img

वीरगंज,०९ चैत । नेकपा एमालेका नेता तथा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रुपेश पाण्डेसहितका नेताहरूले पार्टीका महासचिव शंकर पोखरेलसँग निर्वाचन परिणामबारे समिक्षात्मक छलफल गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको उक्त छलफलमा हालै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पर्सा क्षेत्र नं. ३ लगायत विभिन्न क्षेत्रमा व्यहोरेको पराजयका कारणबारे गहन समीक्षा गरिएको थियो।

छलफलका क्रममा नेताहरूले पार्टीको हारका कारण आन्तरिक कमजोरी तथा बाह्य परिस्थितिहरू दुबै जिम्मेवार रहेको निष्कर्ष प्रस्तुत गरेका थिए । उनीहरूले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध मजबुत बनाउने तथा निर्वाचन रणनीतिमा सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजारा, निर्मला देवकोटा तथा बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री मोहम्मद इश्तियाक राईको समेत उपस्थिति रहेको थियो।

छलफलपछि आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउँदै जनविश्वास पुनः हासिल गर्ने दिशामा ठोस योजना बनाएर अघि बढ्ने सहमति भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once