Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

निर्वाचन सफल पार्न सहयोग गरेबापत एमालेलाई कार्कीको धन्यवाद

spot_img

काठमाडौं,०३ चतै । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमाले नेतृत्वलाई धन्यवाद दिएकी छिन्।

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेताहरूलाई बालुवाटारमा आमन्त्रण गरेकी थिइन्। उक्त आमन्त्रणअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै एमाले नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै भनिन्, “यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, त्यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु।”

उहाँले एकपल्टको जनादेशले सधैंका लागि पार्टीहरूको हैसियत निर्धारण नगर्ने दृष्टान्त दिँदै एमाले नेताहरूलाई शान्त्वना पनि दिइन्। “भारतमा अटल बिहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा पनि उतारचढाव देखिएको छ। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्,” कार्कीले थपिन्।

एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र सरकारलाई बधाइ दिए। उनीहरूले मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी लोकतान्त्रिक र सर्वस्वीकृत निकास दिएकोमा प्रशंसा पनि गरे।

उनीहरूले यसपालीको निर्वाचन अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once