Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img
29.1 C
Kathmandu

जसपाका नगर अध्यक्ष र वडाध्यक्षसहित ६५० नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

spot_img

वीरगंज,१६ फागुन । पर्सा क्षेत्र नं. ४ मा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित एक वडाध्यक्षसहित सयौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना तथा जसपा नेपाल पोखरिया नगरपालिकाका नगर अध्यक्ष एवं मेयर प्रत्याशी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्सा ४ का क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए।

यसैगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य विभिन्न दल परित्याग गरी दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएको सचिव अहमदले बताए ।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल, पूर्व मन्त्री, प्रदेश सभा सदस्य एवं कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायत नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्साका सह–सचिव नवीन सिंह, जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा, नेता बशिष्ठ नारायण कुर्मी, किशोरी साह कानु, किशोर जैसवाल, अजय पटेल लगायतको उपस्थिति रहेको थियो।

कांग्रेस प्रबेश गर्नेहरुले पर्सा ४ का उम्मेदवार रमेश रिजालाई जिताउनु सक्रिय भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once