Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21.9 C
Kathmandu

वीरगंज–२४ बहुअरीमा एमाले उम्मेदवार रिमा यादवको भव्य घरदैलो, स्थानीयको उत्साहपूर्ण समर्थन

spot_img

वीरगंज,०१ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका–२४ बहुअरीमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) की तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार **रिमा कुमारी यादव**को घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलोका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार यादवलाई फुलमाला र अबिर–टिका लगाएर स्वागत गर्दै सम्मान प्रकट गरेका थिए।

टोल–टोलमा पुगेकी यादवप्रति मतदाताले खुला समर्थन जनाउँदै “रिमा यादव लक्ष्मीको स्वरुप हुन्, उनको जित निश्चित छ” भन्ने नारासहित उत्साह देखाएका थिए। स्थानीयले उनलाई दही र मिठाई खुवाएर सगुनका रूपमा शुभकामना व्यक्त गरेका थिए, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीयका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुनेकी थिइन्। उनले भाषणभन्दा काममा विश्वास गर्ने नेतृ भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भनिन्। साथै, महिलाको आवाज सदनसम्म पुर्‍याउन फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरिन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर–२४ का वडा अध्यक्ष विजय कुर्मी, वडा नम्बर–२३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा, युवा नेता मुकेश द्विवेदी लगायत अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रधुमन यादव, बिकी सिंह सहित स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once