Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

पर्सा निर्वाचनका लागि एमालेले सरावगीसहित ३ नेतालाई कमाण्डर नियुक्त

spot_img

वीरगंज,१२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा जिल्ला कमिटीले तीन जना केन्द्रीय सदस्यलाई निर्वाचन समन्वयको जिम्मेवारी दिएको छ।

सोमबार वीरगंजमा सम्पन्न पार्टीको बैठकले निर्वाचनलाई प्रभावकारी र सफल बनाउन क्षेत्रगत रूपमा जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकको निर्णयअनुसार, पर्सा क्षेत्र नम्बर १ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य निर्मला देवकोटालाई दिइएको छ। पर्सा क्षेत्र नम्बर २ को जिम्मेवारी केन्द्रीय सदस्य तथा पूर्व महानगरप्रमुख विजय कुमार सरावगीलाई दिइएको छ भने पर्सा क्षेत्र नम्बर ३ र ४ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य प्रभु हजरालाई प्रदान गरिएको छ।

पार्टीले अनुभवी र संगठनमा बलियो पकड भएका नेताहरुलाई जिम्मेवारी दिई निर्वाचन तयारीलाई थप सुदृढ बनाउने जनाएको छ। बैठकले आगामी दिनमा जनसम्पर्क, संगठन विस्तार तथा चुनावी प्रचारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।

यसपटक पर्सा क्षेत्रमा एमालेले नयाँ र अनुभवी उम्मेदवारलाई टिकट दिएको छ। पर्सा–१ मा प्रदीप यादव, पर्सा–२ मा रिमा कुमारी यादव, पर्सा–३ मा रुपेश पाण्डे, र पर्सा–४ मा जालिम मियाँ चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once