Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

पर्यटकको नक्कली उद्धार कागजात बनाउँदै ठगी, ६ जना पक्राउ

spot_img

काठमाडौँ,११ माघ । पर्यटकको नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको छ।

सीआईबीका प्रमुख एआईजी मनोज केसीका अनुसार, माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे पक्राउ परेका छन्। यसैगरी, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया पनि पक्राउ परेका छन्। एभरेस्ट एक्स्पेरियन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी पनि पक्राउ परेको सीआईबीले जनाएको छ।

एआईजी केसीले तीन कम्पनीमार्फत फेक रेस्क्यु गर्ने गतिविधि अनुसन्धानबाट खुलेको बताए।

उनीका अनुसार, माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १,२४८ मध्ये १७१ जनाको फेक रेस्क्यु गरेको पाइएको छ र १० करोड अमेरिकी डलरभन्दा बढी बीमा दाबी गरेको देखिएको छ।

नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धार देखाएर ७५ जनाको फेक रेस्क्यु गरेको पाइएको छ र ८२ लाख अमेरिकी डलर दाबी गरेको थियो।

एभरेस्ट एक्स्पिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ मध्ये ७१ जनाको फेक रेस्क्यु गरेको र यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर दाबी गरेको पाइएको छ।

अधिकांश फेक रेस्क्यु लुक्लाबाट गरिएको पाइएको सीआईबीले जनाएको छ।

एआईजी केसीले थपे, “यो घटना पर्यटकहरूको सुरक्षा र ठगी विरुद्धको गम्भीर मुद्दा हो। पक्राउ परेकाहरूविरुद्ध थप कानूनी कारबाही अघि बढाइनेछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once