Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
25.1 C
Kathmandu

नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य निर्धारित

spot_img

काठमाडौं,०८ माघ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

१५ रनमै २ विकेट गएपछि बाबेट र कालिस मिलेर ७९ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once