Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
23.1 C
Kathmandu

गैरहाजिर २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

spot_img

काठमाडौं,१० मंसिर । कार्यालयमा आफूखुसी गैरहाजिर रहेका २७ जनालाई सात दिनभित्र सेवास्थलमा उपस्थित हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। गैरहाजिर सूचीमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना रहेका छन्।

उनीहरूमध्ये दुई जनाबाहेक सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेको प्रष्ट भएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतका विवरण सार्वजनिक सूचनामार्फत जारी गर्दै तोकिएको समयभित्र हाजिर हुन निर्देशन दिएको हो।

गैरहाजिर हुनुको वास्तविक कारण भने अझै खुल्न बाँकी छ। प्रहरी प्रधान कार्यालयले उपस्थित भएपछि गैरहाजिर रहनुको कारण खुलाइसहित सन्तोषजनक स्पष्टीकरण बुझाउनु पर्ने जनाएको छ। अन्यथा सम्बन्धित व्यक्तिहरूविरुद्ध कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेका गैरहाजिरहरूको विस्तृत विवरण पनि सार्बजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once