सिन्धुली र सुनसरीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

spot_img

काठमाडौं,२३ असार । प्रहरीले सिन्धुली र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट नियन्त्रित लागूऔषध ट्रामाडोल, स्पास्मो तथा खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–८ बस्ने २८ वर्षीय हेमबहादुर बस्नेत रहेका छन्।

केन्द्रीय समाचार कक्षका अनुसार उनलाई मंगलबार बिहान पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरी टोलीले मोरङबाट काठमाडौं जाँदै गरेको बा.४ ख ५६३० नम्बरको हायसमा सवार बस्नेतलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको साथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्पास्मो २० ट्याब्लेट बरामद गरेको जनाएको छ।

त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङ्गे होटलबाट पनि अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय रविन लिम्बुसहित दुई जनालाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once