भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री सुधन गुरुङ

spot_img

काठमाडौं,२८ असोज । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सकेर बुधबार साँझ स्वदेश फर्किएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन उनी भारतको नयाँ दिल्ली पुगेका थिए ।

भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा नेपाल र भारतबीचका साझा सुरक्षा चासोका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भेटमा दुई देशबीच सुरक्षा क्षेत्रमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो ।

बिम्स्टेकको गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागिता जनाउनुका साथै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेर गृहमन्त्री गुरुङ स्वदेश फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once