Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

यातायात व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन सेवा बन्दको चेतावनी

spot_img

काठामाडौं,१३ जेष्ठ । सार्वजनिक यातायात व्यवसायीहरुले अनिश्चितकालिन सवारी साधन बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। मंगलबार ६ वटा व्यवसायिक संगठनहरुले सात बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

संवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसंग बाझिने सातै प्रदेश सरकारहरुले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२/०२/०१ गते राजपत्रमा प्रकाशित गरि निजी सवारी साधन (रातो प्लेट)संचालन गर्न ल्याएको नियमावलि २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनीहरुले जेठ १८ गतेसम्म मागहरु सम्बोधन नभए १९ गतेबाट देशव्यापी रुपमा अनिश्चितकालका लागि सवारी साधनहरु घर ग्यारेजमा थन्काउने चेतावनी समेत दिएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले प्राइभेट गाडीमा मानिस राख्न पाउने नियम बनाउनु नै आन्दोलनको ठूलो कारण बनेको बताए। यस विषयमा सरकार गम्भिर नभएका कारण यातायात व्यवसायीले दुःख पाएको बताए।

उनले अहिले यो २१औँ शताब्दिमा आएर पनि गरिखानेलाई गरिखान नदिने सोच राख्नु नै गलत रहेको बताए। कार्यक्रममा बोल्दै सार्वजनिक यातायात व्यवसायिक महासंघका अध्यक्ष डा. डोलनाथ खनालले हरेक नम्बर प्लेटको आ-आफ्नै विशेषता हुने भएकाले त्यसलाई कुल्चिएर अघि बढ्न नहुने बताए।

अर्का व्यवसायी सरोज सिटौलाले गण्डकी प्रदेशका मुख्यमन्त्रीका कारण आन्दोलनमा जान बाध्य भएको बताए। उनले मंगलबार बेलुका आन्तरिक बैठक राखेर आन्दोलनलाई थप सशक्त बनाउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once