Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

बाराबाट लागु पदार्थ खैरो हेरोइन सहित पर्साका ३ जना पक्राउ

spot_img

वीरगन्ज,११असार । बारामा प्रहरीले यात्रुवाहक बसबाट लागु पदार्थ खैरो हेरोइन (ब्राउन सुगर) सहित पर्साका तीन जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का मुनिलाल प्रसाद राौनियार, पोखरिया नगरपालिका वडा नम्बर २ का १९ बर्षिय दिपेन्द्र शर्मा र पकाहामैनपुर गाँउपालिका वडा नम्बर ४ खेसस्राहाका १९ बर्षिय भीम गिरी रहेका छन् । यीमध्ये रौनियार ना ६ ख ६०५९ नम्बरको बसका चालक हुन् भने शर्मा र गिरी त्यहि बसका सहचालक हुन् ।

वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेकाो ना ६ ख ६०५९ नम्बरको बस बाराको सिमरा चोकमा प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसको चालकको सिटमुनि लुकाएर राखिएको ९ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once