Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

पटेर्वा सुगौलीमा तीन सय बिस जनाको नि:शुल्क मोतिया बिन्दुको शल्यक्रिया

spot_img

अमित सकसेना / मङसिर २५ पर्सा । पटेरवा सुगौली गा. पा -५ निचुटा स्वास्थ्य चौकीमा ३२० जनाको निशुल्क मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ । गा. पा. ले हरेक साल झै यस साल पनि निशुल्क आँखा शिबिर आयोजना गरेको शिबिरमा १६०१ जना सर्बसधारणाले निशुल्क आँखा जाँच गराई लाभ लिएका थिए ।

आँखा जाँच गराएको मध्ये ३२० जनामा मोतियाबिन्दु देखिएकाले उनिहरुलाई निशुल्क रुपमा शिबिरमा शल्यक्रिया गरिएको थियोे । यो शिबिर मङशिर ०८०/०८/२१ गते देखि २३ गते सम्म निशुल्क शिबिर सञ्चालन गरिएको थियो । तिलगंगा आँखा अस्पतालको नेत्र रोग विशेषज्ञ डा. मोहिनी श्रेष्ठ अमेरिकाको अलिना गौतम र शिला बल र नेत्र प्राविधिकको टोलि उपचारमा खटिएका थिए । यस शिबिरमा बिषेश गरेर पर्सा जिल्ला भरिका सेवाग्राहिले लाभ लिएका थिए ।पटेर्वा सुगौलीका गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार चौधरीले गरिब, असहाय र दिनदुखीको सेवा गर्नु नै महान धर्म हो बताउनु भयो । खाली भौतिक निमार्ण गरेर हुदैन । भौतिक निर्माणको साथ साथै मानव सेवा गर्नु पर्छ भन्ने कुरामा जोड दिनु भयो । यो शिबिर हेटौंडा समुदायकि अस्पताल र तिलगंगा समुदायिक आखा केन्द्र निचुटाको सहकर्य र पटेर्वा सुगौली गाउँ पालिकाको आयोजनामा भएको थियो । हेटौंडा समुदायिक आँखा अस्पतालको कार्यक्राम सयोजक सुशील सरले जनकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once