सशस्त्र प्रहरीमा ६६६ जनाका लागि खुल्यो भर्ना, जवानतर्फ मात्रै ६०४ पद

spot_img

काठमाडौँ,२६ भदौ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न भर्ना आह्वान गरेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान तथा विभिन्न ट्रेडका सशस्त्र प्रहरी परिचरसहित कुल ६६६ पदका लागि दरखास्त आह्वान गरेको हो। कुल मागमध्ये सशस्त्र प्रहरी जवान पदमा मात्रै ६०४ जनाका लागि आवेदन खुलाइएको छ। जसमा खुलातर्फ ३२६, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ।

त्यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचर माग गरिएको छ। जसअनुसार भान्छे पदमा ३८, कूचिकारमा ८, केशकर्तकमा ७, सूचिकारमा ६, चर्मकर्मीमा २ र माली पदमा १ जनाका लागि दरखास्त माग गरिएको छ। यी पदमा पनि खुला तथा समावेशी समूहअन्तर्गत कोटा निर्धारण गरिएको छ। प्रधान कार्यालयका अनुसार इच्छुक उम्मेदवारले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिने उम्मेदवारले भने दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ।

भर्नाका लागि आवेदकहरूको प्रारम्भिक शारीरिक परीक्षणसम्बन्धी तालिका कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ। सशस्त्र प्रहरी बलले रिक्त पदमा योग्य उम्मेदवार छनोट गर्न खुला तथा समावेशी प्रणालीअनुसार प्रतियोगितात्मक प्रक्रियाबाट भर्ना गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once