काठमाडौँ,२६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म रु. १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ बजेसम्मको विवरणअनुसार कोषको रकम विभिन्न नौवटा बैंकमा रु. ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ जम्मा भएको हो। त्यसैगरी, कोषका दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त कोषको रकम परिचालन गर्दै आएको छ। यसअघि भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु. १ अर्ब निकासा गरिएको थियो।
सरकारले विपद् प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उद्धार, राहत तथा पुनःस्थापनाका काममा कोषको रकम परिचालन गर्दै आएको छ।





