Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
22.4 C
Kathmandu

विभिन्न दलका दुइ दर्जन भन्दा बढि युवाहरु काँग्रेसमा प्रवेश

spot_img
वीरगन्ज,२३ कार्तिक
वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मा नेपाली काँग्रेसका उम्म्ेदवारहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् । बसडिल्वामा चुनावी घरदैलोका क्रममा स्थानीय नेताहरु जसपा, लोसपा र नेकपा एमालेबाट पार्टी प्रत्याग गरि विभिन्न दलमा आबद्ध दुइ दर्जन भन्दा बढि युवाहरु काँग्रेसमा प्रवेश पनि गरेका छन नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीलाई पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य उम्मेदवार श्याम पटेलले टिका माला लगाई स्वागत सहित पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश गर्नेमा जसपाबाट स्थानीय नेता रामलोचन राम, महेन्द्र ठाकुर, गोपाल ठाकुर, गणेश राउत कुर्मी, त्यसैगरि नेकपा एमालेबाट स्थानीय नेता मनही राम, छोटेलाल राम, उपेन्द्र महतो नुनिया, महेश राउत मुनिया, महेन्द्र ठाकुर नुनिया, रामअशरे राम, विकेन्द्र महतो नुनिया, रामअशिष राम लगायतका नेता तथा कार्यक्रर्ताहरु पार्टी प्रवेश गरेका थिए । दुवै उम्मेदवारलाई स्वागत गर्दै स्थानीय मतदाताले काँग्रेसका दुवै उम्मेदवार विकास प्रेमी छवि भएका नेता भएका कारण यसपालि काँग्रेसका यीनै उम्मेदवारलाई मत दिएर जिताउने घोषणा पनि गरे । मतदाताको स्वागत ग्रहण गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले जनताबाट पाइरहेको स्वागत र समर्थनले आफुहरुमा थप उर्जा मिलिरहेको भन्दै जनताको भरोसालाई कदापि टुट्न नदिने वाचा गरे ।
लोकतन्त्र र संविधानको रक्षा गर्ने एक मात्र दल काँग्रेस नै रहेको भन्दै उनले जातपात र समुदायको राजनीति गर्ने एमाले र जसपाको चरीत्र जनताले बुझिसकेकाले अबको निर्वाचनबाट उनिहरुले गतिलो जवाफ पाउने बताए
।मधेस र देशको समृद्धि पाँच दलीग गठबन्धनबाटै सम्भव भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले मतदाताहरुलाई आग्रह पनि गरे । चुनावी घरदैलो कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता , क्षेत्रीय सभापति महम्मद शाहाहुदिन , क्षेत्रीय सचिव रन्जित पटेल , जिल्ला कार्य समिति सदस्यका साथै माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once