Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
22.4 C
Kathmandu

युवा नेता अन्सारीको जगरनाथपुरमा घरदैलो, जनसमर्थन बढदै

spot_img

बीरगंज, १८ कार्तिक
वाम लोकतान्त्रिक गठबन्धबाट पर्सा क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका प्रदेश सभासदस्यका उम्मेदवार चर्चित युवा नेता रहबर अन्सारीलाई बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर गाँउमा घरदैलो कार्यक्रम गरेको छ । अन्सारीलाई जिताउनका लागि जगरनाथपुरवासीले घर घर पुगि मतदाताहरुलाई आग्रह समेत गरे । युुवा तथा गाउँका भरभलादमी सहित लगायत मतदाताहरु युवा नेता अन्सारीलाई जिताउन कम्मर कसेर लागेका छन् ।

जनताको सेवक भएको बताउदै देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती एवम् बेथितीको अन्त्य गरेर जनतालाई सहज, सरल र चुस्त रुपमा सेवा प्रवाह गराउनुका साथै विकास एवम् परिवर्तनको प्रत्याभुती दिलाउनका लागि पहल गर्ने युवा नेता अन्सारीले प्रतिबद्धता जनाए । नेता अन्सारीको सहयोगमा वाम गठबन्धनका पाँच दलिय झण्डा तथा नेता, कार्यक्रर्ता लगायत वडाका स्थानीय युवा, बुद्धिजीवी, समाजसेवीले घरदैलो गरेका छन् । गठबन्धनका नेता, कार्यक्रता लगायत गाँउ टोलका नेता, कार्यक्रर्ता लगायत पाँच दलिय वाम गठबन्धनका युवाहरुको उल्लेखनीय सहभागिता रहेको युवा नेता इजराइल अन्सारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once