नेता चौरसिया र पटेलको पर्सागढी नगरपालिकामा घरदैलो कार्यक्रम व्यस्त

spot_img

वीरगंज, ४ कार्तिक

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेल द्वारा चुनावी घरदैलो कार्यक्रम निरन्तरता दिएका छन् । आज पर्सागढी नगरपालिका वार्ड नं. २ को औरहिया ,छ्तवन टाडी ,पिप्रवल ,बगवाना ,गोड्पसरा लगायत गाँउ टोलका मतदाताहरुसँग प्रतिनिधि सभासदस्य नेता चौरसिया र श्याम पटेलले मतदानका लागि नेपाली काँग्रेसलाई जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा मतदाताहरुसँग भेंटने क्रममा केन्द्रिय सदस्य समेत रहेका चौरसीयाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्बाधाारको विकास नै आफनो प्राथमिकता विगत देखि नै रहदै आएका भन्दै यसपाली पनि यीनै मुद्धा आफना लागि प्राथमिकतामा रहने बताए ।

उक्त कार्यक्रममा वडा नं. २ का सभापति रामचन्द्र दास, क्षेत्र नं. २ (ख)का वेदन दास, महाधिवेशन प्रतिनिधि शैलेन्द्र चौधरी, जिल्ला सहसचिव मदन यादव, जिल्ला सदस्य तुलाराम महतो, नगर उपाध्यक्ष अच्छेलाल यादव, माओवादी केन्द्र नगर ईन्चार्ज बालकृष्ण श्रेष्ठ, समाजवादी एस का नगर सचिव अरुण रेग्मी, लोसपाका महिला नेतृ सीमा लोहारिन, लगायत पार्टीका नेता तथा कार्यक्रर्ताहरुको उल्लेख्नीय सहभागिता रहेको क्षेत्रीय सचिव रंजित पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once