पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेल द्वारा चुनावी घरदैलो कार्यक्रम तिब्र

spot_img

वीरगंज, २ कार्तिक

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेल द्वारा चुनावी घरदैलो कार्यक्रम तिब्र पारेका छन् । काँग्रेसबाट पर्सा २ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसीया र पर्सा २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलले बुधबार पर्सागढी नगरपालिका वडा नम्बर १ मा घरदैलो कार्यक्रम गरेका छन् । त्यसक्रममा दुवै उम्मेदवारले मतदाताको घर घरमा पुगेर मधेस अनि देशको समृद्धि र विकासका लागि काँग्रेस नै एक मात्र पाटी भएकाले निर्वाचनमा काँग्रेसलाइ मतदान गर्न आग्रह गरे ।

काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसीयाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्बाधाारको विकास नै आफनो प्राथमिकता विगत देखि नै रहदै आएका भन्दै यसपाली पनि यीनै मुद्धा आफना लागि प्राथमिकतामा रहने बताए । उनले भने, हामी जितेर प्राथमिकता सरकारी विधालय र अस्पतालको सुधार नै हुनेछ, बाटाघाटा, पुल पुलेसा कै काम गर्छु । मतदातासंगको भेटघाटका क्रममा चौरसीयाले यसभन्दा पहिले जितेकाहरुले चुनाव पछि क्षेत्रमा फर्केर मुख पनि नदेखाएको यथार्थ जनता सामु प्रष्ट रहेको भन्दै आफु उनिहरु जस्तो घुमन्ते र फिरन्ते नेता नभएको पनि बताए । घरदैलो कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, नेता वीर बहादुर यादव, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, पूर्ब उपमेयर अर्चना चौधरी, बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह, काँग्रेसका नगर सचिव रन्जित पटेल लगायतको पनि सहभागिता थियो ।

त्यसैगरि पर्सागढी नगरपालिका वडा नं. ३ बढनियार स्थित होटल लामा एण्ड गेस्ट हाउसमा परिचायत्मक कार्यक्रम माओवादी केन्द्र नगर कमिटिद्वारा आयोजना गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय कुमार चौरसिया विशिष्ट अतिथि क्षेत्र नं. २ (ख) का उम्मेदवार श्याम पटेल, बाल कृष्ण श्रेष्ठ, पोलिट ब्योरो सदस्य अमिताभ बच्चन दास, पर्सागढिका नगरपालिकाको नगर सचिव विक्रम कार्की, नगर कोषाध्यक्ष टोकमाया कार्की, नगर समिति सदस्य हरि थापा लगायतको उपस्थिति रहेको थियो भने परिचायत्मक कार्यक्रम सोम लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once