पर्सामा म्यादी प्रहरीको लागि आवेदन दिनेहरुको भिड

spot_img

वीरगन्ज / स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालय पर्सामा आवेदन दिन आउनेहरुको भिड लाग्न थालेको छ । नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले आवेदन आह्वान गरेको पहिलो दिन पर्सामा आवेदन दिनेहरुको भिड देखिएको हो ।
आवेदन दिने आउनेहरु जिल्ला प्रहरी कार्यालय पर्सा पछाडी रहेको मधेश प्रदेश विपद व्यवस्थापन गुल्मको खेल मैदानमा लामबद्ध भएर आफ्नो घण्टौ सम्म आफ्नो पालो कुरि आवेदन दिने गरेका छन् । आवेदन दिनेमा महिलाको सङ्ख्या नियून देखिएपनि पुरुषहरु भने हरेक उमेर समूहका देखिएका छन् । एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेको पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने सूचना आह्वान गरिएको छ ।
२०७९ बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीको सहयोगीका रूपमा जवानसरह सुविधासहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको छ । सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेश प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । मधेश ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once