पर्सा–२ को राजनीतिक समीकरण फेरिँदै, एमालेबाट रास्वपामा प्रवेश

spot_img

वीरगंज,०९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्षसहित युवाहरूको ठूलो समूह रास्वपामा प्रवेश गरेको हो।

कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्ष अशोक शाह कानु, वडा सदस्यका उम्मेदवारहरू शेखर अग्रवाल, रेनु कर्ण र जयकुमारीको नेतृत्वमा युवाहरूको समूह पार्टीमा आबद्ध भएको बताइएको छ। यसका साथै वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ र ९ का युवाहरू पनि रास्वपामा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले टीका र खादा लगाएर स्वागत गरे। उनले युवाहरूको सक्रिय सहभागिताले पर्सा–२ मा परिवर्तनको राजनीतिक चेतना अझ सशक्त बन्दै गएको बताए।

यसै अवसरमा भेट्रारान फुटबल क्लबका अध्यक्ष सविन बस्नेतसहितको समूहलाई पनि पार्टीमा स्वागत गरिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता लखन कुमार गुप्ताले पछिल्लो समय विभिन्न वडाबाट युवाहरू संगठित रूपमा पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once