नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

spot_img

वीरगंज,२८ असोज । नवरात्रको तेस्रो दिन आज बीरगन्जस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा दर्शनार्थीहरूको उल्लेख्य चहलपहल देखिएको छ।

नवरात्र पर्वका अवसरमा गहवामाईको दर्शन गरी पूजा आराधना गर्न तथा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू मन्दिर पुगिरहेका छन्। बिहानैदेखि मन्दिर परिसरमा भक्तिमय माहोल बनेको छ।

दसैँको नवरात्रमा प्रत्येक दिन देवीका विभिन्न स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदैछ। यही अवसरमा गहवामाई मन्दिरमा आएका श्रद्धालुहरूले विधिपूर्वक पूजा आराधना गर्दै देवीको आशीर्वाद लिइरहेका छन्।

बडादसैँ नजिकिँदै जाँदा गहवामाई मन्दिरमा दर्शनार्थीको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। बीरगन्जसहित आसपासका क्षेत्रका भक्तजनका लागि गहवामाई मन्दिर प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once