Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
spot_img
21.4 C
Kathmandu

घरदैलोमा रामकिशोर सिंह (पराग): जनताको समस्या सुन्दै विकासको प्रतिबद्धता

spot_img

वीरगंज,०५ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्। उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका सिंहले वीरगञ्ज महानगरपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका हुन्।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले सडकको कमजोर अवस्था, ढल निकासको अभाव, खानेपानी, सरसफाइ, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्याबारे आफ्ना गुनासा राखेका थिए। रोजगारीको अभाव, युवाहरूको विदेश पलायन, व्यवसाय सञ्चालनमा कठिनाइ र सुरक्षित व्यापारिक वातावरणको आवश्यकता पनि स्थानीयले प्रमुख रूपमा उठाएका विषय थिए। स्थानीय समस्याहरू सुनेपछि उम्मेदवार सिंहले आफू जनताको वास्तविक आवश्यकता र समस्यालाई केन्द्रमा राखेर चुनावी एजेन्डा अघि सारेको बताए। उनले पारदर्शी तथा जवाफदेही शासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना र सुरक्षित व्यापारिक वातावरण निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको उल्लेख गरे।

सिंहले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयहरूको अनुगमन तथा सुधार, प्राविधिक शिक्षाको विस्तार, बेरोजगार युवालाई रोजगारी कार्यक्रमसँग जोड्ने योजना र स्वास्थ्य संस्थामा उपकरण तथा जनशक्ति व्यवस्थापन सुधार गर्ने एजेन्डासमेत प्रस्तुत गरेका थिए। त्यसैगरी, उनले स्थानीय स्तरमै उद्योग, व्यापार र उद्यमशीलतालाई प्रोत्साहन गर्ने, साना तथा मध्यम व्यवसायलाई सहज वातावरण उपलब्ध गराउने र व्यवसाय सञ्चालनमा देखिने अवरोध हटाउने नीति ल्याउने बताएका छन्। यातायात व्यवस्थापन, ढल तथा फोहोर व्यवस्थापन सुधार, सुरक्षित सडक निर्माण र प्राथमिक शिक्षालय तथा स्वास्थ्य सेवाको विस्तार पनि आफ्नो प्राथमिकतामा रहेको उनले स्पष्ट पारे। घरदैलो अभियानमा स्थानीय युवाहरू, महिलाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। धेरैले उम्मेदवार सिंहको प्रत्यक्ष संवाद गर्ने शैली, सरल व्यवहार र समस्या सुन्ने प्रवृत्तिको प्रशंसा गरेका थिए। स्थानीयहरूले यसपटक विकास, पारदर्शिता र काम गर्ने नेतृत्वलाई समर्थन गर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय सहभागितामा सम्पन्न घरदैलो कार्यक्रमले क्षेत्रको चुनावी माहोल थप सक्रिय बनाएको छ। उम्मेदवार सिंहले आगामी दिनहरूमा क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर घरदैलो अभियान सञ्चालन गर्दै जनतासँग प्रत्यक्ष संवादलाई तीव्र बनाउने बताएका छन्। स्थानीय समस्यालाई प्राथमिकतामा राखेर अघि बढेको यो अभियानले मतदातामा नयाँ आशा र भरोसा जगाएको सहभागीहरूले बताएका छन्। सिंहले “पारदर्शी शासन, समृद्ध क्षेत्र” भन्ने लक्ष्यसहित जनताको विश्वास जितेर क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once