Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21.9 C
Kathmandu

बंगलादेशमा चुनावी सफलता हासिल गरेको बीएनपीलाई प्रधानमन्त्री कार्कीले बधाई

spot_img

काठमाडौं,०१ फागुन । बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा सम्पन्न १३औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।

सामाजिक सन्जालमार्फत कार्कीले बंगलादेश नेसनल पार्टी (बीएनपी ) लाई उल्लेखनीय विजय दिलाएकोमा पार्टी प्रमुख तारिक रहमानलाई विशेष बधाई दिएकी हुन् ।

कार्कीले आफ्नो सन्देशमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न बंगलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छिन् ।

शेख हसिनाको सरकार ढलेपछि अन्तरिम सरकारले गरेको यस निर्वाचनलाई बंगलादेशको लागि महत्वपूर्ण ऐतिहासिक मोडको रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once