Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
25.1 C
Kathmandu

नेकपाद्वारा पर्साका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइयो

spot_img

वीरगंज,०५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा र बारा जिल्लाका उम्मेदवार टुंगो लगाएको छ।

पार्टीका अनुसार पर्सा क्षेत्र नं. १ बाट सिए अजय चौरसियालाई उम्मेदवार बनाईएको छ । वीरगंज–१६ का स्थायी बासिन्दा चौरसियाले पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

त्यसैगरी पर्सा क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले टिकट पाएका छन्। अनेरास्ववियुको आन्दोलनबाट स्थापित मनोज चौधरी पर्साको राजनीतिमा चर्चित युवा नेताका रूपमा परिचित छन्।

पर्सा क्षेत्र नं. ३ बाट छोटेलाल यादवलाई मैदानमा उतारिएको छ। विद्यार्थी कालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय यादव केही समय उपेन्द्र यादव नेतृत्वको दलमा आवद्ध भए पनि पुनः वाम आन्दोलनमै फर्किएका थिए।

त्यसैगरी पर्सा क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य जयप्रकाश थारुलाई उम्मेदवार बनाइएको छ। थारु केही दिनअघि मात्रै एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।

यस्तै, बारा जिल्लातर्फ क्षेत्र नं. १ मा सन्तोष दंगाल, क्षेत्र नं. २ मा रमेश प्रसाद यादव, क्षेत्र नं. ३ मा भरत प्रसाद साह र क्षेत्र नं. ४ मा अजय कुशवाहालाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once