Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
25.1 C
Kathmandu

गुगल एकेडेमीको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, शिक्षक र विद्यार्थी सम्मानित

spot_img

वीरगंज,०५ माघ । वीरगंज महानगरपालिका–२४, रामगढवामा अवस्थित गुगल एकेडेमीको वार्षिकोत्सव सोमबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्घाटन वीरगंज उद्योग वाणिज्य महासंघका महासचिव शिवजी प्रसाद साह कलवारले गरेका थिए। उद्घाटन समारोहमा महासचिव कलवारले शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा कृषि अनुसन्धान केन्द्र, परवानीपुरका निर्देशक डा. विश्वेश्वर प्रसाद यादव, श्रीजंग गण, श्रीपुर ब्यारेकका प्रमुख सैनानी लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, एन प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता, ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्र कोइराला, भास्कर हर्बल हेल्थ टिकल्स प्रा.लि.का डा. राजु बैठा, मानव सेवा आश्रमका दिवेश गुप्ता, अधिवक्ता रामनारायण कुर्मी, सिए नरेश पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

स्वागत मन्तव्य विद्यालयकी संयोजक शान्ति कुमार लामाले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन शिक्षक संयोजक शान्त कलवारले गरेका थिए। वार्षिकोत्सवमा गायन, नृत्य, ड्रामा, राइम्स, कराते प्रदर्शन, स्काउट प्रदर्शन लगायतका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए।

कार्यक्रमको विशेष आकर्षण शिक्षक, अभिभावक र विद्यार्थी सम्मान समारोह थियो। यसअन्तर्गत शिक्षक अफ द इयर सम्मान स्मरणा चौधरी, जेनिशा ब्लोन लामा र राधेश्याम रौनियारलाई प्रदान गरिएको थियो। अभिभावक अफ द इयर सम्मान नरेश पटेल र रमिता कुमारीले प्राप्त गरे। त्यसैगरी विद्यार्थी अफ द इयर सम्मान निरञ्जन पटेल र कृतिका चौधरीलाई प्रदान गरिएको विद्यालयका शिक्षक संयोजक कलवारले जानकारी दिए।

कार्यक्रममा सहभागी सबैले शिक्षा, संस्कृति र समुदायमा विद्यालयको योगदानको महत्वबारे सकारात्मक मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once