Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

एकीकरणपछि २० दिनमै पूर्वमन्त्री यादव र मेयर सिंह एमाले प्रवेश

spot_img

वीरगंज,०५ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का नेता तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनीसँगै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पनि एमालेमा प्रवेश गरेका छन्।

जसपा नेपाल र जसपा बीच पार्टी एकीकरण भएको २० दिनपछि नै प्रदीपले फेरि नयाँ पार्टी रोजेका हुन्। पुस १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा सहअध्यक्ष रेणु यादव नेतृत्वबीच एकताको औपचारिक सहमति भएको थियो। प्रदीप त्यही एकता प्रक्रियाअघि जसपामा थिए।

पर्सा क्षेत्र नं. १ बाट लगातार दुई कार्यकाल प्रतिनिधि सभा सदस्य रहिसकेका प्रदीप २०७९ को प्रतिनिधि सभा निर्वाचनमा २२ हजार ५३७ मत प्राप्त गरी विजयी भएका थिए। २०८१ वैशाखमा जसपा फुट्दा उनले अशोक राई पक्षलाई साथ दिँदै जसपामा प्रवेश गरेका थिए।

२०३२ सालमा जन्मिएका प्रदीप यादव एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका थिए। त्यसअघि उनी वन तथा वातावरण मन्त्रीस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once