Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
24.1 C
Kathmandu

नेपाल प्रहरीको निर्णय: ४८ प्रहरी नायव उपरीक्षक (एसपी)को सरुवा

spot_img

काठमाडौं,०५ माघ । नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा काज–कमान्ड परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका ४८ जना प्रहरी नायव उपरीक्षक (एसपी) को सरुवा गर्दै विभिन्न जिल्लामा प्रहरी नेतृत्व हेरफेर गरेको हो।

सरुवा सूचीअनुसार एसपी अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतका अधिकृतहरूको काज–कमान्ड परिवर्तन भएको छ।

सरुवामा उल्लेखनीय रूपमा गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर सारिएको छ। ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल मा पठाइएको छ।

यसैगरी, आगामी निर्वाचनमा संवेदनशील मानिएको झापा जिल्लामा बसुन्धरा खड्कालाई जिम्मेवारी दिइएको छ। उनी यसअघि बागमती प्रदेश मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौँडामा कार्यरत थिइन्।

नेपाल प्रहरीले एसपीसँगै ८ जना डीआईजीको पनि सरुवा गरी संगठनको नेतृत्व संरचनामा ठूलो फेरबदल गरेको छ।

हेर्नुहोस् एसपीको सरुवा सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once