Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
24.1 C
Kathmandu

धरान उपमहानगर प्रमुख साम्पाङले दिए राजीनामा

spot_img

विराटनगर,०४ माघ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो पदबाट राजीनामा दिएका छन्।

साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख ऐन्द्रबिक्रम बेघासमक्ष राजीनामा बुझाएका हुन्। उनी श्रम संस्कृति पार्टीका अध्यक्ष पनि हुन्।

त्यसैगरी, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि आइतबार पदबाट राजीनामा दिएका छन्। भट्टराईलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ।

राजीनामासँगै यी नेताहरू अब आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो सक्रियता केन्द्रित गर्ने तयारीमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once