Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
21.1 C
Kathmandu

अदालती आदेशपछि नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

spot_img

काठमाडौं,०२ माघ । नेपाल चिकित्सक संघको आगामी निर्वाचन स्थगित गरिएको छ। संघले मंगलबार एक सूचना जारी गर्दै पूर्व निर्धारित तालिका अनुसार तय भएको निर्वाचन पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण स्थगित भएको जनाएको हो।

संघले अदालतको आदेशले निर्वाचन प्रकृयामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि रोकिएको उल्लेख गरेको छ। संघले अब निर्वाचन समितिबाट अर्को सूचना जारी गरी नयाँ तालिका सार्वजनिक गरिने जनाएको छ।

पहिलो चरणमा उपत्यका बाहिर माघ २ र ३ गते तथा उपत्यका भित्र माघ १५, १६ र १७ गते निर्वाचन हुने तय भएको थियो। अदालतको आदेशपछि नयाँ मिति तोकिएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढ्ने संघले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once