Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

विराटनगरबाट राजविराज जाँदै गरेको ट्रक दुर्घटना, पाँचको मृत्यु, ३ जना घाइते

spot_img

सुनसरी,०१ माघ । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको ट्रक आज बिहान सुनसरीको भोक्राह नरसिंह गाउँपालिका हुलाकी राजमार्गमा पल्टिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा बर्जु वडा नं १ का पाँच जना स्थानीय रहेका छन्। मृत्यु हुनेहरूमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ समावेश छन्।

पुल्टिएको ट्रकमा चालकसहित चार जना अगाडिको क्याबिनमा थिए भने पाँच जना पछाडिको भागमा थिए। पछाडिको भागमा बसेकाहरू मार्बलले किचिएर मृत्यु भएको हो।

घाइते तीन जनालाई विराटनगर नसिंह होममा उपचार भइरहेको छ। घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once