Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
21.1 C
Kathmandu

उकालोबाट ओरालो: सुन १ हजार ५ सय र चाँदी १७० रुपैयाँ सस्तो

spot_img

काठमाडौं,०१ माघ । लगातार उकालो लाग्दै उच्च मूल्यमा पुगेको सुन–चाँदीको भाउ बिहीबार घटेको छ। अघिल्लो दिन हालसम्मकै महँगो दर कायम भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ५ सय रुपैयाँ कम हो। बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी बिहीबार १७० रुपैयाँले घट्दै ५ हजार ४८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once